Logo
Logo

पाँच जिल्लाका सिडिओ फेरिए, लमजुङमा गृहमन्त्रीका पिए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ चैत । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । उपसचिवको दरबन्दी भएका चार र सहसचिवको दरबन्दी भएको एक जिल्लामा सिडिओको हेरफेर भएको हो ।

गृह मन्त्रालयका अनुसार लमजुङमा मन्त्रालयबाट डा डिजन भट्टराईलाई पठाइएको छ । डा. भट्टराईलाई गृहमन्त्री रामबहादुर थापा बादलको स्वकिय सचिवका रुपमा कार्यरत थिए । लमजुङका सिडिओ झंक ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ । ढकाल गृहमन्त्रीका विश्वासपात्र हुन् । उनी प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सचिवालयमा बसेका थिए ।
त्यस्तै खोटाङमा अध्यागमन विभागमा कार्यरत विष्णुहरी उपाध्याय, ओखलढुंगामा गणेश आचार्य र हुम्लामा ढोलकराज ढकाललाई सरुवा गरिएको छ । त्यस्तै सहसचिव यज्ञराज बोहरालाई कैलालीको सिडिओमा सरुवा भएको छ । उनी कर्णाली प्रदेशमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्