Logo
Logo

मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखाला


दृष्टि संवाददाता


काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्चीमा पानीजन्य रोगको संक्रमण देखिन थालेको छ। बाढी पहिरोबाट विस्थापित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखिएको हो ।

उपचारपछि हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविरमा बसेका थिए। झाडापखाला बाहेक अहिलेसम्म अन्य स्वास्थ्य समस्या भने देखिएको छैन ।

झाडापखालाको समस्या देखिएपछि ती क्षेत्रमा हाल पानी परीक्षण गर्ने तयारी भइरहेको छ । बाढीपछि मेलम्चीमा करिब ६ सय र हेलम्बुमा करिब ५ सय जना विस्थापित भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्