Logo
Logo

गुप्तचरका इन्सपेक्टर अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ चैत ।
राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)मा कार्यरत एक इन्सपेक्टर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । अनुसन्धान अधिकृत विमल खड्काविरुद्ध आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।


उनको नक्कली शैक्षिक प्रमाणपत्र रहेको आयोगले जनाएको छ । उनले बिहार बोर्डबाट आइ पढेको भनेर नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । आयोगमा उनीविरुद्ध उजुरी परेकोमा छाननि गर्दा उनको प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालले बताए ।

प्रतिक्रिया दिनुहोस्