Logo
Logo

करोडौं ठगेर भागेका पर्शुराम थाइल्याण्डमा पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ चैत ।

सयौं युवाहरुलाई ठगी गरेर भागेका भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ थाइल्याण्डमा पक्राउ परेका छन् । रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिई करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका उनलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

गुरुङले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देशमा पठाइदिने प्रलोभन दिँदै विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो । फरार रहँदै आएको उनीमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पूर्जीसमेत जारी गरेको थियो । उनलाई थाइल्याण्डको प्रहरीले नेपाली राजदूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थाइल्याण्डमा अवैध राहदानी र विनाप्रवेशाज्ञा गैरकानूनीरुपमा बसेको अपराधमा समेत त्यहाँको सरकारले गुरुङमाथि अनुसन्धान र कारवाही भइरहेको जनाइएको छ । नेपाल र थाइल्याण्डको वर्तमान कानून तथा पारस्परिक सहयोगका आधारमा उनीमाथि कारवाही अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्