Logo
Logo

नेप्से निरन्तर आरालो, ७१ अंकको गिरावट


दृष्टि संवाददाता


काठमाडाैं । सेयर बजार परिसूचक नेप्से ७१.०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकको विन्दुमा पुगेको छ । यो भनेको लगतार पाँच दिनसम्म ओरालो लाग्दा अहिलेसम्मकै उच्चतम विन्दुबाट नेप्से झण्डै २ सय अंकले झरेको हो ।

३ हजार २५ अंकको उच्चतम विन्दुमा पुगेपछि पछिल्लो समय सूचक घटिरहेको छ। अहिले आरोलोपछि सूचक २८ सयमा आइपुगेको छ । सोमबार २ सय २७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर किनबेच भएको छ । कारोवार ११ अर्ब ६१ करोड रुपैयाँको हुन आएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ८ दशमलव ३७ अंकले घट्दै ५ सय २० दशमलव १८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ पनि १३ वटै सूचांक घटेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको सूचांक ४ सय ५१ दशमलव ११ अंकले घटेको छ । त्यस्तै, नीर्जीवन बीमा समूहको कारोबार ४ सय २९ दशमलव ६३, लघुवित्त समूहको १ सय ५, विकास बैंक समूहको २ सय १० दशमलव २१, जलविद्युत समूह १ सय ५० दशमलव २४ र उत्पादनमूलक समूह १ सय ७१ दशमलव १९ अंकले घटेको छ ।

यसैगरी वित्त कम्पनीको सूचांक १ सय २२ दशमलव २० व्यापार समूहको २९ दशमलव ६३ र बैंकिङ समूहको ३४ दशमलव २२ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्