Logo
Logo

आइजिपीका दाबेदार श्रेष्ठको पदावधि थप भएन, सशस्त्रमा कसलाई फाइदा ?


दृष्टि संवाददाता


काठमाडौं । सशस्त्र प्रहरीका भावी महानिरीक्षकका रुपमा हेरिएका डिआइजी प्रवीण श्रेष्ठको पदावधि सोमबार थप भएन । उनी आगामी बैशाखमा महानिरीक्षकका दाबेदार थिए ।
पदावधि थप नभएपछि उनले बुधबार अवकाश पाउनेछन् । सामान्यतया डिआइजीको पदावधि थप हुने गरेको छ । तर, सशस्त्र प्रहरीमा भावी प्रहरी महानिरीक्षकको खेलका कारण उनको थप नभएको गृह मन्त्रालय स्रोत बताउँछ ।
अर्काेतर्फ श्रेष्ठ कार्यक्षमताका पनि कमजोर मानिन्थे । व्यक्तिगत स्वार्थका लागि भारतीय दूतावास छिरेको आरोपमा उनी कारबाहीमा परेका थिए । डोटी घर भएका उनी नेपाली कांग्रेस निकट भएकाले पनि अहिलेको सरकारले उनलाई अघि बढाउन नचाहेको स्रोत बताउँछ ।
यसले सशस्त्रमा उनीपछिका ब्याचीलाई फाइदा हुने देखिन्छ । जसमा राजु अर्याल, चन्द्रप्रकाश गौतम, नारायणदत्त पौडेल लगायत छन् । अब उनीहरुमध्ये एक डेढ वर्षअघि नै महानिरीक्षक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्