Logo
Logo

सातै प्रदेशका प्रहरी इन्चार्ज फेरिए


दृष्टि संवाददाता


काठमाडौं । गृह मन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ ।

जसअुनसार प्रदेश नम्बर १ मा डिआईजी अरुण बिसी, प्रदेश नम्बर २ मा उमेश रञ्तिकार, बागमती प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर तथा सुदुरपश्चिम प्रहरी कार्यालय प्रहरी कार्यालय प्रमुखमा पुरुषोत्तम कँडेलको सरुवा भएको । त्यस्तै, प्रदश नम्बर २ मा कार्यरत धिरजप्रताप सिंहको सिआईबीमासरुवा भएको छ । बिशेष ब्यूरोको प्रमुखमा गण्डकी प्रदेशमा कार्यरत घनश्याम अर्यालको सरुवा भएको छ । गत बैशाखमै सरुवा हुनुपर्ने भएपनि डिआइजीको सरुवा तीन महिनापछि भएको हो ।
त्यस्तै गृह मन्त्रालयले १६ एसएसपीका सरुवा गरेको छ । जसमा प्रहरी तालिम केन्द्र र नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख हेरफेर भएका छन् । विराटनगरस्थिगत तालिम केन्द्रमा मिरा चौधरी, प्रदेश प्रहरी कार्यालय काभ्रेमा श्यामलाल ज्ञवाली, प्रदेश प्रहरी कार्यालय पर्सामा उमाशंकर पञ्जियार, सुनसरीमा गाविन्द कुमार साह, पोखरामा कृष्णहरी शर्मा पोखरेलको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्