Logo
Logo

दाङ र सप्तरीमा सिडिओ फेरिए


दृष्टि संवाददाता



काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । दाङमा रामबहादुर कुरुम्वाङग तथा सप्तरीमा जयनारायण आचार्यलाई पठाइएको छ ।


दाङका सिडिओ दीर्घनारायण पौडेलले अवकाश पाउन लागेकाले उनलाई हटाइएको हो । त्यस्तै सप्तरीमा कार्यरत फणिन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ । विभागमा महानिर्देशक पद रिक्त दियो । महानिर्देशक द्रोण पोखरेलले गत महिना अवकाश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्