Logo
Logo

नेप्सेमा करिब ८० अंकको वृद्धि, कारोबार रकम १० अर्ब


दृष्टि संवाददाता


काठमाडाैं ।  लगातार पाँच दिनको करेक्शनबाट झन्डै दुई सय अंक गुमाएको सेयर बजार सूचक मंगलबार भने करिब ८० अंकले उकालो लागेको छ। 

सेयर बजार परिसूचक नेप्से ७९ दशमलव ४४ अंकले बढ्दै २ हजार ९ सय १३ दशमलव ८४ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।२२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर खरिदबिक्रीबाट १० अर्ब २८ करोड रूपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १६.१९ अंकले बढ्दै ५ सय ३६ दशमलव ३४ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

मंगलबार अपी पावर कम्पनी, न्याग्दी ग्रुप कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी, बरुण जलविद्युत कम्पनी , एचआईडीसीएल , जेविल फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्