Logo
Logo

५२ एसपीको सरुवा, मोरङ, कास्की, बाँके लगायत जिल्लाका एसपी फेरिए


दृष्टि संवाददाता



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५२ एसपीको सरुवा गरेको छ । सरुवामा महत्वपूर्ण जिल्लाका एसपी फेरिएका छन् ।
मोरङमा जनार्दन बिसी, सुनसरीमा संजयसिंह थापा, कास्कीमा रमेश थापा, बाँकेमा श्यामकृष्ण अधिकारीको सरुवा भएको छ ।


त्यस्तै, तनहुँमा दिनेश मैनाली, धनकुटामा नकुल पोखरेल, कैलालीमा विश्व अधिकारी, पश्चिम नवलपरासीमा मनोज यादब, भक्तपुरमा शिव कुमार श्रेष्ठ, उदयपुरमा सुवासचन्द्र बोहरा, दाङमा सुरेश काफ्लेको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्