उपत्यकाका आठ प्रहरी वृत्तका डिएसपी हेरफेर « Drishti News – Nepalese News Portal
Logo

उपत्यकाका आठ प्रहरी वृत्तका डिएसपी हेरफेर


दृष्टि संवाददाता



काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलार ५७ डिएसपीको सरुवा गर्दा उपत्यकाका आठ वटा वृत्तका इन्चार्ज पनि फेरिएका छन् ।

सरुवा अनुसार गौशाला वृत्तमा केशव भट्टराई, कीर्तिपुरमा ठाकुर प्रसाद पोखरेल, बौद्धमा ढुण्डीराज नेउपाने, लैनचौरमा दुर्गा दाहाल, महाराजगञ्जमा प्रमेश बिष्ट, सिंहदरबारमा भरत श्रेष्ठ, मालिगाउँ वृत्तमा मिनबहादुर कुँवर क्षेत्री, बानेश्वर वृत्तमा मिमबहादुर लामा, स्वयम्भुमा मिलन केसीको सरुवा भएको छ ।
दरबारमार्ग र कालिमाटी वृत्तका डिएसपीको भने अवधि पुगेपनि सरुवा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्