Logo
Logo

आफुलाई अन्याय भएको एसएसपी चौधरीको गुनासो


दृष्टि संवाददाता

115.9k
Shares


काठमाडौं । बिहीबारदेखि अवकाश पाउन लागेका नेपाल प्रहरीका एसएसपी दिलिप चौधरीले आफुमाथि अन्याय भएको बताएका छन् । लागू औषध नियन्त्रण ब्यूरोमा कार्यरत एसएसपी चौधरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा बढुवामा आफुलाई राजनीतिक आस्थाका आधारमा अन्याय गरिएको बताए ।

ssp dilip chaudhary


एसएसपी चौधरीले उमेरहदका कारण अवकाश पाउन लागेका हुन् । डिआइजीमा बढुवा भएको भए उनले ३० वर्ष नै सेवा गर्न पाउथे । उनी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् । एसपी बढुवामा आफ्नो ब्याचमा उनी पहिलो नम्बरमा परेका थिए । ब्याची आइजिपी हुँदा उनी एसएसपीबाटै अवकाश पाउन लागेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर आफुले समस्या राख्न खोजेपनि त्यो अवसर नपाएको बताए । गृहसचिव महेश्वर न्यौपानेले समेत भेट्न नमानेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्