Logo
Logo

कविता राईको ‘देशको नक्सा’ कविता प्रथम


दृष्टि संवाददाता


काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राईको देशको नक्सा नामक कविता प्रथम भएको छ।

बुधबार भर्चुअल माध्यामबाट आयोजना गरिएको कविता वाचनपछि नतिजा सार्वजनिक गरिएको हो। यसअघि देशभरबाट प्राप्त कवितालाई छनौट गरी ४१ जनाबीच वाचन गराइएको थियो । प्रज्ञा प्रतिष्ठानका अनुसार धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि बसन्त आउँछ’शीर्षकको कविता दोस्रो भएको छ।

ताप्लेजुङकी सबिता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरञ्जनकुमारी चन्दको युगीन प्रतिध्वनि र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकको कविता तृतीय भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्