Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ पुग्याे


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ। मूल्य वृद्धि प्रश्चात पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ। त्यस्तै हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ।

निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस्