Logo
Logo

अवकाशपछि म्याद थप्ने डिआइजी श्रेष्ठको प्रयास असफल


दृष्टि संवाददाता



काठमाडौं । सशस्त्र प्रहरी बलका डिआइजी प्रवीणकुमार श्रेष्ठले अन्ततः अवकाश पाएका छन् । मंगलबार बेलुका नै अवकाश पाएपनि सोमबारको मिति राखेर आफ्नो पदावधि थप गर्न बुधबार दिनभर उनले चलखेल गरेका थिए ।


बुधबार राती सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको प्रस्तावमा चासो नदिएको स्रोत बताउँछ । गत सोमबारकै मन्त्रिपरिषद्को बैठकमा उनको पदावधि थप्ने प्रस्तावलाई मन्त्रिवपरिषद्ले अस्वीकार गरेको थियो ।


निवर्तमान वनमन्त्री नारदमुनी राना तथा एमाले नेतृ निरु पालमार्फत उनी प्रधानमन्त्रीलाई मनाउने प्रयासमा थिए । तर, भारतीय दूतावास छिरेकोमा पटक पटक कारबाही भोगेको र कार्यक्षमतामा समेत कमजोर भएको भन्दै उनको म्याद थप नगरिएको स्रोत बताउँछ ।
यसले अब प्रहरीको भावी नेतृत्वमा नयाँ खेल हुनेछ । श्रेष्ठको पदावधि थप भएको भए उनी आगामी बैशाखमा आइजिपी हुने सम्भावना थियो । तर, अब उनीपछिको ब्याचका राजु अर्याल, सिपी गौतम तथा नारायणदत्त पौडेलको ब्याचलाई साढे दुई वर्षअघि नै आइजिपी हुने ढोका खुल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्