Logo
Logo

अपहरणको नाटक गरी पैसा माग्ने प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १७ चैत ।
अपहरणको नाटक गरी फिरौती माग्ने व्यक्ति पक्राउ परेका छन् । दार्चुला घर भई हाल जडिबुटी काठमाडौं बस्ने २६ वर्षिय जयमानसिंह धामीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


आफूलाई अपहरण गरी २३ लाख फिरौती मागिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले शनिबार चाबहिलमा फेला पारेको थियो । सोधपुछको क्रममा उनले लेनदेनको विवादका कारण आफूले अपहरणको नाटक गरी परिवारबाटै पैसा लिन खोजेको बताएका छन् । उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा चल्ने अपराध महाशाखाका एसपी केदार ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्