Logo
Logo

अर्काे अध्यादेश ल्याउने सरकारको तयारी ?


दृष्टि संवाददाता



काठमाडौं । कामचलाउ सरकारले थप अध्यादेश ल्याउने तयारी गरेको छ । मन्त्री लिलानाथ श्रेष्ठले यसको संकेत गरेका छन् ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नेक्रममा शुक्रबार उनले निजामती सेवा ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका हुन् । राष्ट्रसेवक कर्मचारीको मनोबल उकास्न अध्यादेश ल्याउन जरुरी भएको उनको भनाई छ ।
संसदको समितिबाट पास भएपछि निजामती सेवा ऐनको बिधेयक रोकिएको थियो । जसकारण प्रदेश सरकार बनेको साढे तीन वर्ष हुँदा पनि नयाँ ऐन आउन सकेको छैन । सर्वाेच्च अदालतले नागरिकतासम्बन्धि अध्यादेश रोक्दै अत्यावश्यक अवस्थामा मात्र अध्यादेश ल्याउन सरकारलाई चेतावनीपूर्ण आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्