Logo
Logo

मस्तिष्कघात भएपछि कवि वैरागी काइँला अस्पताल भर्ना


दृष्टि संवाददाता


काठमाडौँ । आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई मस्तिष्कघात भएपछि ओम अस्पताल भर्ना गरिएको छ ।

काइँलाकी छोरी नामोओती नेम्बाङका अनुसार सुकेधारास्थित घरमा बसिरहेकै बेला बिहीबार राति एक्कासि बेहोस भएपछि उनलाई ओम अस्पताल लगिएको हो ।

नामओतीका अनुसार काइँलाको बोली ठीकसँग बुझिएको छैन । जीउको एक पाटो चलिरहेको छैन । उनले भनिन्, ‘चिकित्सकले जोखिम छ भनेका छन्, नसासम्बन्धी चिकित्सकको अब्जरभेसन चलिरहेको छ ।’

८२ वर्षीय काइँला कोरोना महामारीका कारण एक वर्षयता घरमै बसेर आफ्नो प्रकाशोन्मुख अंग्रेजी अनूदित संग्रहमाथि काम गरिरहेका थिए ।

पत्नी र एक छोरीसहित सुकेधारामा बस्दै आएका काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति हुन् । नेपाली कविता क्षेत्रमा उनको पृथक उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्