Logo
Logo

असार २२ देखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने


दृष्टि संवाददाता

2.6k
Shares

काठमाडाैं । कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।

सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप दिने जानकारी गराएको हाे ।

भेरोसेलको पहिलो मात्रा यही जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर दिइएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप पाएका थिए ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई दोस्रो मात्राको खोप दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्