Logo
Logo

जीवन विकास लघुवित्तको आइपीओ खुल्याे, साढे ३ गुणा बढी आवेदन


दृष्टि संवाददाता

882
Shares

काठमाडाैं । जीवन विकास लघुवित्तको आइपीओ खुलेकाे पहिलो दिन नै साढे ३ गुणा बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे २ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ७३ हजार ५२१ जना आवेदकबाट ७३ लाख ८१ हजार ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको ३ दशमलव ७३ गुणा बढी हो।

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १ सय अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुने छ।

प्रतिक्रिया दिनुहोस्