Logo
Logo

कहिले बन्छ नेकपामा आचारसंहिता ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १७ चैत ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकताका बाँकी काम रोकिएका छन् । पार्टीका लागि आवश्यक कतिपय अत्याबश्यक कामहरु समेत हुन सकेकका छैनन् । कतिसम् मभने हालसम्म पार्टीको आचारसंहिता समेत बन्न सकेको छेन ।


पार्टी सञ्चालनका लागि आवश्यक पर्ने नियम, विनियम, निर्दे्शिका र आचारसंहिता १५ दिनभित्र तय गर्न गठित कार्यदलले आठ महिनासम्म टुंगो लगाउन सकेको छैन । नेकपा सचिवालयले २४ साउनमा स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरी १० भदौभित्र मस्यौदा बुझाउन जिम्मेवारी दिएको थियो ।

आर्थिक नियम, कार्यकर्ता संरक्षण कोष नियम, पार्टी स्कुल सञ्चालन निर्दे्शिकाको मस्यौदा, केन्द्रीय कार्यालयका कर्मचारीहरूको सेवा–शर्त सम्बन्धि विनियम, बिभिन्न प्रतिष्ठान संचालन निर्देशिका, सम्पर्क मञ्च संचालन निर्देशिका र आचारसंहिता तयार गर्ने जिम्मेवारी कार्यललाई दिइएको छ । तर, संयोजक नेम्बाङले एकपटक पनि बैठक बोलाएका छैनन् ।
‘बैठकै नबसेका कारण मलाई कार्यदलबारे केही पनि थाह छैन, तोकिएको समयसीमा पनि सकिसक्यो’, कार्यदल सदस्य हरिबोल गजुरेलले भने,‘के कारण बैठक बसेन मैले पनि बुझेको छैन ।’ तर नेम्बाङले भने कार्यदलमा रहेका सबै सदस्यहरू एकीकरणसम्बन्धी काममै व्यस्त बनेकाले उपयुक्त समयमा बैठक बोलाएर काम सम्पन्न गरिने बताए । ‘कार्यदलका सबै साथीहरू एकीकरणकै काममा ब्यस्त हुनुभएकाले उपयुक्त समयमा बैठक बसेर काम सम्पन्न गर्छौं, नेम्बाङले भने,‘पुराना विनियम र निर्दे्शिकाहरू पनि हेर्नुपर्ने हुन्छ, एकीकरण प्रक्रियाका काम सकिने बितिक्कै हामी तोकिएको काम सम्पन्न गर्छौं ।’

कार्यदलमा पूर्व एमालेबाट अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल र बेदुराम भुषाल तथा पूर्वमाओवादीबाट जनार्दन शर्मा, पम्फा भुषाल र हरिबोल गजुरेल सदस्य छन् ।
पार्टी एकीकरणपछि विभिन्न कार्यदलहरु गठन भएपनि ती निष्क्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्