Logo
Logo

आइजिपीसँगको टकरावपछि सशस्त्रमा एआइजीको सरुवा


दृष्टि संवाददाता

482.1k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को जिम्मेवारी हेरफर भएको छ । प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआईजी पुष्पराम केसीको कार्य तथा सिमा सुरक्षा विभागमा र कार्य तथा सिमा सुरक्षा बिभागमा कार्यरत एआईजी रामशरण पौडेलको प्रशासन तथा मानवस्रोत विभागमा सरुवा गरेको हो ।


सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको सिफारिसमा उनीहरुको सरुवा भएको सोत बताउँछ । खनाल र एआइजी केसीबीच संगठनमा टकराव छ । प्रशासन र मानवस्रोत विभागका एआइजी बढुवा समितिका सदस्य हुन्छन् । सशस्त्रमा इन्सपेक्टरभन्दा माथिल्लो पदमा एक सय दरबन्दी रिक्त छन् । जसकारण आइजिपी खनालले उनलाई हटाएर प्रशासनमा आफुले भनेको मान्ने पौडेललाई ल्याएका हुन् ।
आगामी सातादेखि सशस्त्रमा बढुवा गर्न लागिएको छ । सशस्त्रमा डिआइजीसहितका पदहरु रिक्त छन् । जसमा लामो समयदेखि पदपुर्ती हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्