Logo
Logo

काठमाडौंका आठ सहकारीमा ४४ लाख चोरी गर्ने युवक प्रहरी फन्दामा


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौंमा श्रृङखलाबद्ध रुपमा आठ वटा सहकारीमा चोरी गर्ने एक युवक पक्राउ परेका छन् । नुवाकोट बेल्कोटगढी नगरपालिका घर भई जोरपाटी बस्ने २२ वर्षका दिपक गजुरेल पक्राउ परेका हुन् ।


उनलाई गौशलाबाट प्रहरीले पक्राउ गरेको हो । उनले आठ सहकारीमा गरि करिब ४४ लाख रुपैयाँ चोरी गरेका थिए ।
कहाँ कहाँ चोरी गरे ?


१. मिति २०७७÷१०÷१५ गते का।जि बानेश्वर स्थित बेबिलोन उपभोक्ता सहकारी संस्था लि वाट ७,०२,६३६ ।–
२. मिति २०७७÷१०÷२१ गते का।जि शंखमुल स्थित घर संसार उपभोक्ता सहकारी सस्थावाट २,२४,०९५ ।–
३. मिति २०७७÷११÷१३ गते राति का।जि गौशाला मित्रपार्क स्थित पन्च श्री वचत तथा ऋण सहकारी संस्थावाट १४,९८,४७०।–
४. मिति २०७७÷११÷१४ गते का।जि कोटेश्वर स्थित सिमश स्वामी वचत तथा ऋण सहकारी संस्थावाट रु २,००,००० ।–
५. मिति २०७७।१२। ४ गते बानेश्वर स्थित सन्दुक वचत तथा ऋण सहकारी संस्थावाट रु १०,१३,६२५ ।–
६. मिति २०७८।२।१३ गते मैतिदेवी स्थित जेष्ठ आइडोलोजी वचत तथा ऋण सहकारी संस्थावाट रु५,००,०००।– र १ मोवाईल र १ ल्यापटप ।
७. मिति २०७८।०२।१३ गते मैतिदेवी स्थित गैथली वचत तथा ऋण सहकारी संस्थावाट रु २,५८,५०० ।– र ९ तोला सुनको गरगहना

जम्मा – नगद –४३,९७,३२६ ।– ,९ तोला सुन र १ ÷१ थान मोवाइल र ल्यापटप

प्रतिक्रिया दिनुहोस्