Logo
Logo

नेपालमा १ हजार ९२० संक्रमित थपिए, ३ हजारले कोरोनालाई जिते


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षणमा एक हजार ३५३ र एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ।

गत २४ घण्टामा नै ३४ जना संक्रमतिको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ।

गत २४ घण्टामा ३ हजार ७ संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्