Logo
Logo

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा कोरोना संक्रमण बढ्न थाल्यो


दृष्टि संवाददाता



काठमाडौं ।
प्रशासनले निषेधाज्ञा खुकुलो बनाइरहँदा उपत्यकामा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकअनुसार उपत्यकाका तीनै जिल्लामा संक्रमण बढेको छ ।


काठमाडौंमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ गरी थप ५ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । केही दिनअघि उपत्यकामा दैनिक संक्रमण तीन सय भन्दा तल पुगेका थियो । गत सातादेखि सरकारले पसलहरु सञ्चालन गर्न दिने र निजी सवारी साधन पनि जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णयपछि भिडभाड बढेको छ । जसकारण संक्रमण बढेको आशंका गरिएको छ ।
मंगलबारदेखि त सरकारले उपत्यकामा ठूला बस समेत सञ्चालन गर्न दिने निर्णय गरेको छ । सर्वसाधरणले समेत स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्