Logo
Logo

नेपाल प्रहरीको एआइजीमा थापा सिफारिस, भावी महानिरीक्षमा प्रतिस्पर्धा हुने


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरीको एआइजीमा सहकुल थापाको बढुवा सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिले उनको सिफारिस गरेको हो ।


सरकारले कार्य तथा अपराध अनुसन्धान विभागलाई फुटाएर कार्य र अपराध अनुसन्धान विभाग बनाई एआइजीको दरबन्दी थप गरेको हो । योसँगै अब प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा एआइजीद्धय विश्वराज पोखरेल र सहकुल थापाबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी बैशाखमा उनीहरुमध्ये एक एआइजी हुनेछन् ।

गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले उनको नाम सिफारिस भएको हो । थापा आफ्नो ब्याचमा पहिलो नम्बरमा थिए । भावी महानिरीक्षकका रुपमा अघि बढाइएका पोखरेलको कार्यक्षमता कमजोर देखिएपछि नयाँ दरबन्दी थपेर थापालाई अघि बढाइएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्