Logo
Logo

योगेशको प्रस्तावमा हावाहुरी प्रभावितलाई नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिने


- दृष्टि न्युज/संवाददाता



काठमाण्डौ, १८ चैत । नेता योगेश भट्टराईको प्रस्तावअनुसार हावाहुरी प्रभावितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संघीय सांसदले एक दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदको एक दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिए । जो जहाँ रहेर पनि विपत्मा परेकाहरुको सहयोगका लागि सक्रिय रहन समेत ओलीले आह्वान गर्नुभएको छ ।

यस अघि नेकपाका सांसद योगेश भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट गरेर हुरी प्रभावित परिवारको राहत र पुनस्र्थापनाका लागि नेकपाका संघीय सांसदको एक दिनको पारिश्रमिक रकम सहयोग पठाउन प्रस्ताव गरेका थिए । उनकै प्रस्तावअनुसार एक दिनको तलब दिने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्