Logo
Logo

जीवन विकासकाे आईपीओमा झण्डै २१ लाख आवेदन


दृष्टि संवाददाता

945
Shares

काठमाडाैं ।  जीवन विकास लघुवित्त वित्तीय संस्थाको धिताेपत्रकाे प्रारम्भिक समर्वजनिक निष्कासन (आईपीओमा) साढे २० लाख भन्दा बढीले आवेदन दिएका छन् ।

असार ११ देखि सार्वजनिक निष्कासन खुला गरेकाे कम्पनीकाे सेयरका लागि  २० लाख ६० हजार आवेदकबाट  ३ अर्ब ९ करोड १० लाख ५३ हजार रुपैयाँको ३ करोड ९ लाख १० हजार ५०० कित्ताका लागि आवेदन सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएकाे छ।

याे सर्वसाधारणलाई छुट्याएकाे १८ लाख ४८ हजार १५ कित्ताकाे १६.९२ गुणा हाे । लघुवित्तकाे शेयरमा माग भन्दा बढी आवेदन परेकाेले धिताेपत्र निष्काशन तथा बाँडफाँड  निर्देशिका अनुसार वितरण हुनेछ ।

त्यस अनुसार गाेलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तकाे शेयर पाउनेछन् ।त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्