Logo
Logo

नेप्सेमा निरन्तर गिरावट, काराेवार रकम पनि न्यून


दृष्टि संवाददाता

1k
Shares

काठमाडाैं । दुई दिनको सामान्य बृद्धिपछि नेप्सेमा पुनः ४७ अंकको करेक्सन देखिएको छ। गत आइतबार र सोमबार सामान्य अंकले बढेर बन्द भएको बजार मंगलबार ४७ अंकले घटेको हाे।

बजार परिसूचकसँगै कारोबार रकम पनि घटेर डेढ महिनायताकै न्यून रकमको कारोबार भएको छ । आज नेप्सेमा गएको वैशाख ३० गतेयताको न्यून रकमको कारोबार भएको हो ।

यसअघि, जेठ ३० गते नेप्सेमा अहिलेसम्कै उच्च एकै दिनमा १९ अर्ब ५५ करोडसम्मको कारोबार भएको थियो । त्यसयता नेप्सेमा कारोबार रकम लगातार घटिरहेको छ ।

मंगलबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.११ प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ३.९५ प्रतिशतले घटेको छ।

मंगलबार ओरियन्टल होटलको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव ७६ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको ४ दशमलव २५ प्रतिशत, सामुदायीक लघुवित्तको ३ दशमलव ६६ प्रतिशत, तारागाँउ रिजेन्सि होटलको २ दशमलव ८४ प्रतिशत र सिभिल लघुवित्तको २ दशमलव ४७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्