Logo
Logo

टी २० विश्वकप अक्टोबर १७ देखि युएई र ओमानमा हुने


दृष्टि संवाददाता


एजेन्सी ।  भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ ।भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मंगलबार १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म प्रतियोगिता आयोजना गर्ने गरि मिति सार्वजनिक गरेको हो ।

टी २० विश्वकपको आयोजकमा भने भारत नै रहने गरि आईसीसीले निर्णय गरेको छ । टी २० विश्वकपका खेलहरु दुबई अन्तर्राष्ट्रिय स्टेडियम, अबुधावीमा रहेको शेख जायद स्टेयिम र ओमान क्रिकेट एकेडेमीको मैदानमा हुने छ ।पहिलो चरणमा आठ टिमले क्वालिफायिङ गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्