Logo
Logo

असइलाई भ्रष्टाचारबाट जोगाउन खोज्ने महिला अख्तियारको फन्दामा


दृष्टि संवाददाता

15.8k
Shares


काठमाडौं । घुस लिने एक प्रहरीलाई जोगाउन खोज्दा एक महिला आफैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेकी छिन् ।


प्रहरी चौकी गौरीशंकर, सर्लाहीका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादव भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा साक्षी रहेकी शोभिता साहविरुद्ध आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । पहिला उनकै निवेदनका आधारमा असई यादबलाई आयोगले घुससहित पक्राउ गरेको थियो । जून मुद्दामा उनलाई साक्षीका रुपमा आयोगले पेश गरेको थियो ।
तर, आयोगमा गरेको बयानभन्दा बिशेष अदालतमा फरक बयान दिएपछि उनलाई समेत आयोगले प्रतिवादी बनाएको छ । असइ यादबको पक्षमा उनले बिशेष अदालतमा बयान दिएकी थिइन् । उनलाई समेत ६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र सोही ऐनको दफा ३५ को उपदफा (१) बमोजिम मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्