Logo
Logo

प्रशासनतर्फको सचिवमा तीन सहसचिवको सिफारिस


दृष्टि संवाददाता

6.9k
Shares


काठमाडौं । निजामती प्रशासनमा प्रशासनतर्फ रिक्त एक सचिव पदमा तीन बरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरी पुष्कर कर्णको नाम सिफारिस भएको छ । उनीहरुमध्ये एकलाई सरकारले सचिव बनाउने छ ।


लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बैठकले सिफारिस भएको हो । प्रशासनतर्फ बरिष्ठताका आधारमा दामोदर रेग्मीको नाम सिफारिस भएकाले उनी नै बढुवा हुनेछन् ।
मंगलबार प्राविधिकतर्फ सचिवका दुई पदमा ६ सहसचिवको सिफारिस भएको थियो । कृषि तथा वन सेवा वरिष्ठ सहसचिव त्रय डा. कृष्ण प्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खनाल तथा इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य, सुशिलचन्द तिवारी र गोपाल प्रसाद सिग्देलको नाम सिफारिस गरिएको छ । आगामी मन्त्रिपरिषद्को बैठकले चार सचिवको बढुवा गर्ने छ । निजामती प्रशासनमा सचिवका थप ६ पद रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्