Logo
Logo

सांसद कार्कीका छोरा जेल चलान


दृष्टि संवाददाता



विराटनगर ।
सवारी ज्यान मुद्दामा पक्राउ परेका प्रदेश सांसद बिन्दिया कार्कीका छोरा विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन्। मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् ।

कार्कीले मादक पदार्थ सेवन गरी गाडी चलाएर देखिएपछि उनलाई अदालतले जेल चलानको आदेश दिएको हो । गत जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।
सुरुमा प्रहरीलाई दबाब दिएर कार्कीलाई जोगाउने प्रयास भएपनि पछि उनले आत्मसर्मपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्