Logo
Logo

मनकामना लघुवित्तकाे आईपीओमा पहिलाे दिनमै २१ गुणा बढी आवेदन


दृष्टि संवाददाता


काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै २१ गुणा भन्दा धेरै आवेदन परेका छन् ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ लाख ८९ हजार ८१२ जना आवेदकबाट ७९ लाख ७२ हजार ८३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्