Logo
Logo

चार सहसचिव सचिवमा बढुवा


दृष्टि संवाददाता

8.4k
Shares


काठमाडौं । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा.कृष्णप्रसाद आचार्य सचिवमा बढुवा भएका हुन् ।


रेग्मी बरिष्ठताका आधारमा सचिवमा बढुवा भएका हुन् । अन्य तीन पदमा ९ जनाको सिफारिस भएको थियो । पाण्डे प्रशासतर्फ, आचार्य कृषि तथा वन सेवा तथा बज्राचार्य इन्जिनियरिङ सेवाबाट सचिवमा बढुवा भएका हुन् ।
प्रशासनतर्फ थप ६ सचिवको पद रिक्त छ । लोक सेवा आयोग केही महिना रिक्त हुँदा बढुवा प्रभावीत बनेको थियो । गत साता पदाधिकारी नियुक्त भएसँगै बढुवा प्रक्रिया सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्