Logo
Logo

क्यानाडा पठाउने भनेर डेढ करोड ठगेर फरार


दृष्टि संवाददाता



काठमाडौं ।

काठमाडौं । क्यानाडा पठाइदिने भन्दै डेढ करोड भन्दा धेरै ठग्ने युवक पक्राउ परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका तामाघाट घर भएका प्रजिन अधिकारीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।



उनले सर्लाही लालबन्दीकी यमुना बस्नेत लगायतलाई ठगी गरेको प्रहरीले जनाएको छ । यमुनासँग १७ लाख लिएपछि उनी सम्पर्कविहिन भएका थिए ।


लुकेर बस्दै आएको अवस्थामा काभ्रेको बनेपाबाट प्रहरीले पक्राउ गरेको हो । अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी झुक्याई प्रलोभनमा पारी करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएकोले पीडितहरुलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्