Logo
Logo

लागु औषध नियन्त्रण ब्यूरोको प्रमुखमा एसएसपी थापाको सरुवा


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरीको लागु औषध अनुसन्धान ब्यूरो(एनसिबी) को प्रमुखमा एसएसपी हृदय थापाको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार उनको सरुवा गरेको हो ।


ब्यूरोका प्रमुख रहेका एसएसपी दिलिप चौधरीले गत साता अवकाश पाएपछि त्यहाँको प्रमुख पद रिक्त भएको थियो । रिक्त पदमा थापाको सरुवा भएको हो । एसएसपी थापा अपराध अनुसन्धानमा अनुभवी प्रहरी अधिकृत मानिन्छन् ।

दुई साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्