Logo
Logo

भागबन्डामा २३ न्यायधीश सिफारिस


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ चैत
भागबन्डाका आधारमा सर्वाच्चमा ५ र उच्च अदालतमा १८ न्यायधीशको सिफारिस भएको छ । प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले न्यायधिश नियुक्तिको सिफारिस गरेको हो ।
सर्वाेच्च अदालतमा उच्च अदालतबाट प्रकाश ढुंगाना र सुष्मलता माथेमा सिफारिस भएका छन् । त्यस्तै बरिष्ठ अधिवक्तामध्येबाट कुमार रेग्मी, हरि फुयाल र डा मनोज कुमार कर्ण सिफारिस भएका हुन् । रेग्मी कांग्रेसको कोटाबाट तथा फुयाल नेकपाको कोटाबाट सिफारिस भएका हुन् ।
त्यस्तै उच्च अदालतको न्यायधीश पदमा पनि भागबन्डा नै भएको छ । अखिलका नेता नवराज थपलिया समेत न्यायधीशमा सिफारिस भएका छन् ।



प्रतिक्रिया दिनुहोस्