Logo
Logo

साढे ३६ हजारले पाउने मनकामना आईपीओमा १२ लाखको आवेदन


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आवेदन गर्नेको ओइरो लागेको छ। शुक्रबार दिउसो ३ बजेसम्ममा लघुवित्तको आईपीओमा ११ लाख ७९ हजार ७१२ जनाले आवेदन दिएका हुन्।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ। निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन्।

आईपीओ पर्ने सम्भावन न्यून रहेपनि आवेदन गर्नेको ओइरो भने अझै छ। असार १७ गतेदेखि बिक्री खुला भएको लघुवित्तको आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ। त्यसबीचमा लघुवित्तको आईपीओ आवेदन गर्नेको संख्या अझै बढ्ने निश्चत छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार लघुवित्तको आइपीओमा १ करोड ५७ लाख २० हजार १२० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

प्रतिक्रिया दिनुहोस्