पुर्व मन्त्री साहविरुद्ध महिलाले दिइन् प्रहरीमा उजुरी « Drishti News – Nepalese News Portal
Logo

पुर्व मन्त्री साहविरुद्ध महिलाले दिइन् प्रहरीमा उजुरी


दृष्टि संवाददाता



काठमाडौं । पुर्व मन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाई ठगी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीले उजुरी दिएकी हुन् । उनका छोरालाई साहले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाएको भन्दै महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी परेको हो ।
साहमाथि ३० लाख ठगीको आरोप छ । माओवादी छाडेर एमालेतर्फ लागेका साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्री बनाएकोमा अदालतको आदेशपछि हटेका हुन् । मन्त्री भएपनि मन्त्रालयमै गएर ती महिलाले पैसा माग्दै झगडा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्