Logo
Logo

चार सचिवको पदस्थापन,दुई मन्त्रालयमा, दुई प्रदेशमा


दृष्टि संवाददाता

5.5k
Shares


काठमाडौँ । गत बिहीबार बढुवा भएका नेपाल सरकारका चार सचिवको पदस्थापन भएको छ । बढुवा भएकामध्ये दुईलाई प्रदेश तथा दुईलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


सचिव दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा तथा गणेश प्रसाद पाण्डेलाई कर्णाली प्रदेश प्रमुख सचिवमा खटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी मन्त्रालय र कृषि तथा वन सेवाका डा. कृष्णप्रसाद आचार्यलाई कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ ।
यो साता थप ६ सहसचिवको सचिवमा बढुवा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्