Logo
Logo

सीसीडी र स्प्रेड रेट खारेज गर्न बैंकर्स संघको माग


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं । नेपाल बैंकर्स संघले पुनर्कर्जा राष्ट्र बैंकले सेयर ‘ट्रेडिङ’ मा गरेको कडाइलाई कुखुलो बनाउन माग गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिका लागि सुझाव पठाउँदै संघले बैंक तथा वित्तीय संस्थाहरूले यस्तो माग गरेका हुन् ।

उनीहरूले सेयर खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत लगानी मात्र विक्री गर्न पाउने व्यवस्थाले निश्चित कम्पनीको वित्तीय अवस्थाका कारण कम्पनीको सेयर वा डिबेन्चरमा गरेको लगानीबाट भविष्यमा उचित प्रतिफल प्राप्त हुन नसक्ने भन्दै परिमार्जन गर्न माग गरेका छन् ।

यस्तै लघुवित्तको संस्थापक सेयरमा गरेको लगानी नियामक निकायका स्वीकृतिमा साधारण सेयरमा रूपान्तरण भएमा साधारण सेयर बराबरको लगानी विक्री/विनिवेस  गर्नुपर्ने व्यवस्थालाई ऐच्छिक बनाउनसमेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्