Logo
Logo

नेप्सेमा गिरवाट, कारोबार रकम दुई महिनायताको न्यून


दृष्टि संवाददाता


काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा सामान्य गिरावट देखिएको छ भने कारोबार रकम झनै घटेको छ। गत बुधबार र विहिबार सामान्य बढेको बजार आइतबार पुनः घटेको हो।

बजार सूचक नेप्से आज ८ दशमलव ४८ अंकले घट्दै पहिलो कारोबार दिनमा ऋणात्मक बनेको हो। यस क्रममा नेप्से २ हजार ८ सय ३४ दशमलव ५२ विन्दुमा ओर्लिएको छ। गत बिहीबार यो २ हजार ८ सय ४३ थियो ।

कारोबार रकम पनि पछिल्लो समय लगातार घट्दो क्रममा छ। आइतबार कारोबार रकम ५ अर्बकै हाराहारीमा झरेको छ। यस दिन २ सय २४ वटा कम्पनीको १ करोड ८ लाख ४२ हजार २ सय २१ कित्ता शेयर ५ अर्ब ५ करोड ३५ लाख, ३८ हजार २५७ रुपैयाँमा खरिद बिक्री भएको छ।

यो रकम लगभग पछिल्लो दुई महिनायताकै न्यून हो। यसअघि गत मे १० मा चार अर्ब सात करोड रुपैयाँको मात्र धितोपत्र कारोबार भएको थियो।

कारोबार भएका सेयरहरुमा ओरियन्टल होटल लिमिटेडको मूल्य आज सर्वाधिक ८ दशमलव ४७ प्रतिशतले बढेर ७ सय ३० रुपैयाँ प्रतिकित्ता पुगेको छ। सीइडीबी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स पनि क्रमशः धेरैले मूल्य बढ्ने मध्येका हुन्। 

नेपाल इन्स्योरेन्स, एनटीसी, माथिल्लो तामाकोशी, हिमालयन डिस्टिलरी र नेशनल हाइड्रोपावरको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्