Logo
Logo

लामो दुरीका यातायात पनि खोल्ने तयारी


दृष्टि संवाददाता

7.4k
Shares


काठमाडौं । कोरोना संक्रमण घट्दै गएपछि सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । केही दिनपछि लामो दुरीका सार्वजनिक यातायात समेत सञ्चालन गर्न दिने सरकारको तयारी छ ।


लामो दुरीका यातायात बन्द हुँदा लोक सेवा आयोगका परीक्षार्थीदेखि विदेश जानेसम्म मर्कामा परेकाले सुचारु गर्न लागिएको हो । आइतबार यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सम्भवतः सोमबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गर्ने सम्भावना रहेको प्रधानमन्त्री कार्यालयले जनँएको छ । मुख्यसचिव शंकरदास बैरागीले यस विषयमा छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तयारी गरेका हुन् ।


उपत्यका लगायत विभिन्न जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा आइसकेको छ । आन्तरिक हवाई सेवा समेत सुचारु भइसकेको छ । सरकारी सेवा समेत खुलेको तर लामो दुरीका यातायात सञ्चालन नहुँदा सर्वसाधरण मर्कामा परेपछि लामो दुरीका सवारी साधन खोल्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्