Logo
Logo

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा रिट दायर


दृष्टि संवाददाता


काठमाडाैं । सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जबर्जस्ती कोषमा आवद्ध हुन बाध्य पारिएको आरोप लगाउँदै ६५ कर्मचारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

आफूहरुको पेशा व्यवसायको हकलाई प्रतिकुल असर पार्ने गरी, खाईपाई आएको सुविधा कटौती गर्ने गरी जबर्जस्ती कोषमा आवद्ध नगराउन र आवद्ध नभएमा जरिवाना गर्ने जस्ता काम नगर्नु नगराउनु भनी परमादेश माग गरेका छन् ।

सामाजिक सुरक्षा कोषले असार मशान्तभित्र सबै बैंकका कर्मचारीलाई आवद्ध हुन निर्देशन दिएपछि बैंकका कर्मचारी सर्वोच्चसम्म पुगेका हुन् ।

बैंक कर्मचारीको रिटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामाजिक सुरक्षा कोष, विभिन्न बैंकलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्