Logo
Logo

सेनाले दियो नेपाल प्रहरीलाई १० हजार हतियार


दृष्टि संवाददाता



काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई करिब १० हजार हतियार दिएको छ । सोमबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् ।


नेपाल प्रहरीलाई आवश्यक हुने विभिन्न प्रकारका हतियार हस्तान्तरण गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

मन्त्रीपरिषद्को निर्णय अनुसार सेनाले हतियार हस्तान्तरण गर्न लागेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि हतियार हस्तान्तरण गर्न लागेको हो ।

मन्त्रिपरिषद्को १७ जेठको निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिइ राइफल र मेशिनगन उपलब्ध गराउन लागेको हो । सेनाका अनुसार राइफल, सब मेशिन गन, लाइट मेशिन गन गरि जम्मा १० हजार ८ सय १८ नाल तथा गोलीगठ्ठा १४ लाख ९४ हजार १६ थान उपलब्ध गराउनेछ ।

‘हतियार तथा एम्युनिशन९गोला बारुद०तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिने छ’ सैनिक जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपलव्ध गराईएका हतियारहरु को मर्मत संभार सम्बन्धी तालिमसमेत नेपाली सेनाद्धारा नेपाल प्रहरीलाई प्रदानगर्ने योजना रहेको छ ।’ सेनाले उपलब्ध गराएको हतियार र गोलाबारुदबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुने र सुरक्षा निकायहरुबीच सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाको छ ।

प्रतिक्रिया दिनुहोस्