Logo
Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्ब


दृष्टि संवाददाता

378
Shares

काठमाडाैं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंक ११ दशमलव ७८ अंकले घटेको छ । सोमबार ११ अंकले घटेको बजार २ हजार ८ सय २२ बिन्दुमा आइपुगेको छ। सर्वाधिक उचाईबाट ३ हजार २५ बिन्दुबाट बजार २ सय ३ अंक भन्दा तल आएको हाे ।

सर्वाधिक उचाईको सेयर कारोबार रकम २० अर्बबाट भने झण्डै ८० प्रतिशत घटेर सोमबार साढे चार अर्बमा सीमित भएको हो। सोमबार चार अर्ब ४८ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ। पछिल्लो ९ दिनमै कारोबार रकम थप आधा घटेको छ।

करिब ५३ हजार कारोबारबाट २ सय २४ कम्पनीका १ करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट करिब साढे ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि खुम्चिएर ३९ खर्ब २२ अर्ब रुपैयाँमा सीमित भएको छ । आइतबार कूल बजार पुँजीकरण ३९ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।

विशाल बजार कम्पनीको सर्वाधिक करिब १० प्रतिशतले मूल्य बढ्दा हिमालय डिस्टिलरीको ८ प्रतिशतले मूल्य बढेको छ। छ्याङ्दी हाइड्रोपावरको समेत ७ प्रतिशतले मूल्य बढेको छ।

गुर्खाज फाइनान्सको ६ प्रतिशतले मूल्य घट्दा कर्णाली डेभलपमेन्ट बैकको ५ प्रतिशतले मूल्य घटेको छ। नेशनल हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतले घटेको छ।

हिमालयन डिष्टिलरीको सर्वाधिक ४१ करोड रुपैयाँको सेयर किनबेच हुँदा तामाकोशीको १९ करोड, नेपाल बैंकको १५ करोड, निफ्राको १३ करोड र नेपाल टेलिकमको १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्