Logo
Logo

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वाेच्चले दिएन अन्तरिम आदेश


दृष्टि संवाददाता

819
Shares

काठमाडाैं । सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारी र युनियनले हालेको मुद्दामा सर्वाेच्च अदालतले दुबै पक्षलाई छलफलमा बाेलाएकाे छ ।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले ३१ गते दुबै पक्षलाई छलफलमा डाकेका छन्। त्यसपछि अन्तरिम आदेश दिने/नदिने निर्णय हुनेछ।

आजको मुद्दामा कर्मचारीका तर्फबाट बहस भएको थियो। जीफण्डका तर्फबाट पनि ५ जनाले बहश गरेका थिए। जीफण्टका बकिलहरुले सामाजिक सुरक्षा कोषमा जानै पर्ने दलिल दिएका थिए। त्यसपछि केसीको इजलासले कोषसमेतसँग छलफल गर्ने गरी ३१ गतेलाई अर्को समय दिएका छन्।

३१ गते समय दिइएकाले अदालतमा यो बिचाराधिन भएको छ। बिचाराधिन मुद्दामा जबर्जस्ती आइज भनेर सामाजिक सुरक्षा कोषले भन्न नमिल्ने बैंकका कर्मचारीहरुको तर्क छ।

गत अाइतबार सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूहरुको पेशा व्यवसायको हकलाई प्रतिकुल असर पार्ने गरी, खाईपाई आएको सुविधा कटौती गर्ने गरी जबर्जस्ती कोषमा आवद्ध नगराउन र आवद्ध नभएमा जरिवाना गर्ने जस्ता काम नगर्नु नगराउनु भनी परमादेश माग गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्