Logo
Logo

थानकोटमा चक्कुले हानेर युवकको हत्या


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौंको थानकोटमा चक्कुले हानेर एक युवकको हत्या भएको छ । २० वर्षिय जितेन्द्र साहको आइतबार बेलुका हत्या भएको हो ।


हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोमलाल गोपाली, मनोज दोङ तामाङ र साहिल गोपाली छन् । साहिल सोमलालका छोरा हुन् । हत्याको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्