Logo
Logo

नार्पाभूमिको बजेटमा विपद् र सडकलाई प्राथमिकता


दृष्टि संवाददाता


मनाङ । देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । तर, मनाङको नार्पाभूमि गाउँपालिकाले अविरल वर्षापछि आएको बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक गरेको छ ।

भ्राका चाैरमा चराई राखिएका याक मनाङ, ! sflQs -/f;;_ M dgfªsf] ङिस्याङ गाउF पालिका ५ स्थित भ्राका चाैरमा चराई राखिएका याक चाैरी । यस स्थानमा चार पांच घर परिवारले मात्र चाैरी पालेका र एउटा याक चाेरीकाे ? ८० xhf/देखि Ps nfv ३० हजारसम्म पर्ने बताएकाे छ । तl:aर रत्न श्रेष्ठ

गाउँपालिकाले असार २० र २१ गते दशौँ गाउँसभाबाट विपद् व्यवस्थापन र सडकलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

गाउँसभाले रु १८ करोड ५१ लाख ८७ हजार बराबरको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बाँस्तोलाले जानकारी दिए । उनका अनुसार बाढीपहिराका कारण पालिकाका सदस्य नै उपस्थित हुनसक्ने अवस्था नभएकाले केही ठाउँबाट घोडेटो बाटो मर्मतपछि गाउँसभा सम्पन्न गर्न सहज भएको हो ।

‘बाढीपहिराले न त गाउँसभा समयमा गर्न सकियो, न राम्रोसँग छलफल गर्न नै, तर केही विषयमा राम्रोसँग छलफल गरी बजेट सार्वजनिक गरेका छौँ’, नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङ्मार लामाले भने ।

बाढीपहिराले नार्पाभूमि मात्रै नभई जिल्लालाई नै धेरै समस्यामा पारेको उनले बताए । गाउँसभाको दिनमा पनि बाटो अवरुद्ध हुँदा सभाका सदस्य समयमै सभास्थलमा आउन नसक्दा ढिलो गरी शुरु गरिएको थियो ।

संविधानमा भएको बाध्यकारी अवस्थाले गर्दा ढिलै भए पनि सभा सञ्चालन गरिएको लामाले बताउनुभयो । बाढीपहिराले बढी क्षति पु¥याएकाले कोतो–छ्ययाछ्या–हुलाकीओडार–मेता सडकखण्डको बाटो मर्मतका लागि रु ५० लाख विनियोजन गरिएको उहाँले बताए ।

साथै क्याङबाट फूगेट हुँदै फूगाउँसम्मको बाटो मर्मत गर्न रु २० लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सवारी साधन खरिदको योजना कटौती गरी बजेट विनियोजन गरेको छ । गाउँसभाले शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्